नियम १०३
निलम्बन र सफाईको मौका
(१) कुनै कर्मचारीलाई निलम्बन गर्नु परेमा सजायको
आदेश दिन पाउने अधिकारीले निलम्बन पत्र र ऐनको दफा ८० को उपदफा (१)
बमोजिम सफाइ पेश गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(२) सजायको आदेश दिन पाउने अधिकारीले कुनै कर्मचारीसँग सफाई माग
गर्नुभन्दा अगावै स्वयं वा कुनै अन्य अधिकृतद्वारा ऐनको दफा ८० को उपदफा (२)
बमोजिम विभागीय जाँचबुझ गराई निजको ठहर सहितको प्रतिवेदन लिन सक्नेछ ।